चिनियाँ समुद्रमा जलिरहेको जहाज विस्फोटको खतरा

पूर्वी चिनियाँ सागरमा दुर्घटनाग्रस्त इन्धन बोकेको जहाजको ट्यांकरबाट दुई दिनदेखि निरन्तर तेल चुहिएपछि जहाज विस्फोट भई वातावरणीय विपद् आउनसक्ने खतरा बढेको छ। संघाई राज्यबाट १६० माइल टाढा पूर्वी सागरमा भएको दुर्घटनास्थलमा कच्चा तेल चुहिरहेको र जहाजको आगो नियन्त्रणमा नआएकाले विस्फोटको खतरा बढेको बताइएको छ।