आन्दोलनमा उत्रिए निर्माण व्यवसायी

सरकारले कालोसूचीमा परेका तथा भ्रष्टाचार आरोप लागेका ठेकेदारलाई सार्वजनिक बोलपत्रमा सहभागी हुनै नदिनेगरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि ठेकेदारहरूको छाता संस्थाले आन्दोलन घोषणा गरेको छ । आफूहरूको हकविपरीत सरकारले खरिद नियमावली संशोधन गरेपछि ठेकेदारहरूको संस्था नेपाल निर्माण व्यवसायी महासंघले ‘चरणबद्ध आन्दोलन’ घोषणा गरेको हो । नियमावली संशोधन आफूहरूको हकहितविरुद्ध भएको ठेकेदारहरूको जिकिर छ ।