२७ मंसिर, भक्तपुर । नेकपा एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन जिल्ला–जिल्लाबाट बिहानै कार्यकर्ताहरू भक्तपुर आइपुगेका छन् । खेतीपाती छाडेर गाडी रिजर्भ गरी बिहान महाधिवेशनस्थल सल्लाघारी आइपुगेकाहरुले आजै घर फर्किने बताएका छन् ।
एमाले महाधिवेशनको उदघाटन …
म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका– ४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरु गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ । […]
यस अघि महासंघको टोलीले बिहीबार भियतनाम चेम्बर अफ कर्मश एण्ड इन्डिस्ट्रिजका उपकार्यकारी अध्यक्ष न्यूगेन क्याङ भिनसंग भेटगरि नेपाल र भियतनामबीच लगानीको सम्भावना तथा अवसरका बारेमा छलफल गरेको थियो।
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीकातर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने भएको छ । रास्वपाका कार्यवाहक सभापति डीपी आर्यालले एमालेको निमन्त्रणामा पार्टीका तर्फबाट महामन्त्री बुर्लाकोटीलाई उद्घाटन समारोहमा खटाएका हुन् । महामन्त्री बुर्लाकोटी भने पार्टी कामको सिलसिलामा यतिबेला सुर्खेतमा रहेका छन् । उनी आजै जहाजमार्फत काठमाडौँ आउने तयारीमा रहेका छन् […]
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छिन्। यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजित अन्तर्राष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल […]