इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी...

सम्बन्धित सामग्री

लिभरपुल र एभर्टनले गाेलरहित बराबरी खेले

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेल अवधिभर लिभरपुल बलियाे देखिए पनि गोल गर्न सकेन । लिभरपुल ६ खेलमा नौ अङ्कका साथ पाँचौँ स्थानमा र एभर्टन चार अङ्कका साथ चौधौँ स्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग : दोस्रो खेलमा पनि लिभरपुल अंक बाढ्न बाध्य

लुइस डियाजको गोलमा लिभरपुल गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।यसपछि लिभरपुल ५७ औँ मिनेटमा  १० खेलाडीमा  सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे । खेलको ६१ औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।लगातार दोस्रो बराबरीसँगै  लिभरपुल दुई खेलबाट दुई अंक बोक्

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले […]

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्राइटन, वेस्ट ह्याम र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र ब्रेन्टफोर्ड खेल्दैछन् । युनाइटेड र ब्राइटन तथा लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल बेलुका पौने ७ बजे हुनेछ भने वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल बेलुका सवा ९ बजे सुरु हुनेछ । म्यानचेस्टर सिटी साविक विजेता क्लब हो । यसअघि गएराति भएका खेलमा चेल्सी, टोटेनह्याम, न्युकासल, बर्नमाउथ र लिड्स युनाइटेडले विजयी सुरुवात गरेका छन् । हिजोको खेलमा लिभरपुल र फुल्ह्य...

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ । ...

इङ्ग्लिस प्रिमियर लिग : आजराति लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्दै

इङ्ग्लिस प्रिमियर लिगमा आजराति म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् । दुई ठूला क्लबबीचको खेल राति पौने एक बजे एनफिल्डमा हुनेछ । लिभरपुल अङ्कतालिकाको दोस्रो स्थानमा छ । उसले ३१ खेलमा ७३ अङ्क जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ७४ अङ्क छ । लिभरपुल सिटीभन्दा एक अङ्कको दूरीमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३२ खेलमा ५४ अङ्क छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्तका रुपमा लिएको बताएका छन् । म्यानचेस्टर प्रशिक्षक राङनिकले लिभरपुलको सामना गर्दा सबैभन्दा ...

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग ए...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका सवा ६ बजे आर्सनल र न्युक्यासल खेल्दैछन् । यस्तै पौने नौ बजे लिभरपुल र साउथ ह्याम्प्टन खेल्दैछन् । २५ अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल आज विजयी भएमा २८ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । पौने नौ बजे नै उल्भ्स र नर्विच सिटी तथा क्रिष्टल प्यालेस र एस्टन भिल्ला खेल्दैछन् भने राति सवा ११ बजे ब्राइटन र लिड्स खेल्दैछन् ।

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि सानदार जित निकालेको छ। टर्फ मुरमा सम्पन्न खेलमा घरेलु टोली बर्नलीलाई ३-० गोलअन्तरले हराउँदै लिभरपुल शीर्ष चारमा उक्लिएको हो। रोबर्टो फिर्मिनोको गोलमा ४३ ‍औं मिनेटमा अग्रता बनाएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नाथनिल फिलिस्पले लिभरपुलले अग्रता दोब्बर…

लिभरपुल घरेलु मैदानमा पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुल बर्नलीसँग स्तब्ध भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा बर्नलीले गोल गरेको थियो। खेलको ८३ औं मिनेटमा एस्ले बार्नेसले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।…