रुसी सेनामा भएका नेपालीका आफन्त ११ दिनदेखि अनशनमा

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा  आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री