काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने र नगर्ने बारे न्यायाधीशबीच राय बाझिएपछि मुद्दा पूर्ण जलासमा जाने भएको छ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच शुक्रबार राय बाझिएपछि मुद्दाको सुनुवाइ सर्वोच्चको पूर्ण इजलासमा हुने भएको हो। अदालतका संचारविज्ञ किशोर पौडेलका अनुसार न्यायाधीश खतिवडाले तीन करोड धरौटी लिएर ढकाललाई छाड्ने राय दिएका छन् भने भट्टराईले छोड्न नहुने राय दिएका छन्।दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा पूर्ण इजलासमा जा