केकी बनिन् प्रकाशको ‘चाँदनी’

काठमाडौं–गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द र सुनिल परियारको एरेञ्ज छ । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।