बागलुङ कालिका मन्दिरमा पर्यटकको घुइँचो

बागलुङ । चैते दशैंको नवरात्र सुरू भएदेखि बाग्लुङस्थित कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो बढेको छ । स्थानीयहरु र छिमेकी जिल्लाका बासिन्दाका साथै तातोपानी, मुक्तिनाथ भ्रमण र ढोरपाटन भ्रमणमा जानेहरु समेत कालिका मन्दिरमा दर्शनका लागि आईरहेकाले भीड निकै बढेको हो । कालीगण्डकीमाथि बनेका लामा लामा पुल र बाग्लुङकै पञ्चकोट धाममा जानेहरु पनि कालिका दर्शनका लागि जाने गरेका […]