‘कोभिडसँग लड्दै आर्थिक पुनरुत्थान’

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिमा सरकारले आर्थिक पुनरुत्थानको कामलाई प्राथमिकतामा राखेको बताएका छन् । यसका लागि सरकारले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको उनले प्रस्ट पारे ।