एपीएफ विराट गोल्डकपकाे फाइनलमा प्रवेश

मोरङ - विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर-११ लाई  ३-२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नका लागि सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब काठमाण्डौ र भारतको पञ्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दु...