मेलापात छाडेर उम्मेदवार भेट्दै मतदाता

एकातिर नजिकिँदै गरेको तिहार, अर्कोतिर बाली भित्र्याउने चटारो । यी दुवै चटारोलाई पर सार्दै स्थानीय भने भोट माग्दै आइपुगेका उमेदवार भेट्न व्यस्त छन् । ‘बेसीमा धान पहेँलपुर भएको छ, नेता आउने थाहा पाएपछि दुई दिन धान काट्ने मेलो पर धकेलेर यता आएँ,’ सैंपुमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका पूर्णबहादुर तामाङलाई भेट्न आएका सन्तबहादुर सुनुवारले भने ।

सम्बन्धित सामग्री

मतदाता रिझाउँदै उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।

मत माग्न मेलापातसम्मै पुगे उम्मेदवार

कामठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनले गाउँघरमा चुनावी गतिविधि बढेको छ । राजनीतिक दलका नेता तथा उम्मेदवारहरु हरेक मतदातासम्म पुगेर मत माग्न व्यस्त छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरु मत माग्न घरघरमात्र गइरहेका छैनन्, मेलापात र खेतखेतसम्म पुगिरहेका छन् । घरमा मतदाता नभेटिएपछि उम्मेदवारहरु खेतबारीसम्म धाइरहेका र मतदाताको काममा सघाएका फोटाे […]

पुरुष प्रचारमा, महिला मेलापात

प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ । उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन् । मतदाता आकर्षित गर्ने होड सुरु भएको छ ।