ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । लाखेजात्रा खेल सञ्चालक समितिले सोमबार तालिका सार्वजनिक गरेको हो ।  भदौ १४ गतेदेखि २० गतेसम्म हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक  ताप्लेजुङको मानाभारा युथ क्लब र जुट विकास फुटबल एकेडेमी इटहरी प्रतिस्पर्धा हुने भएको छ ।