रानीबास रौतापोखरी खण्डको ४ किमि सडक कालोपत्रे

उदयपुर जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी जोड्ने त्रियुगा नगरपालिका–१५ स्थित रानीबासदेखि हुवाससम्मको ४ किमि सडक कालोपत्रे गरिएको छ । गाईघाट–दिक्तेल सडकले छोएको रानीबासदेखि रौतापोखरीसम्मको करिब १६ किमि सडकमध्ये ४ किमि सडक कालोपत्रे गरिएको हो ।हुवासदेखि डहरसम्मको करिब २ किमि सडक पनि कालोपत्रे गर्ने तयारी छ । अब बाँकी १० किमि सडक कालोपत्रे भए उदयपुर […]