काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए।महानगरपालिकाको नवौँ अधिवेशन

सम्बन्धित सामग्री

सुनिता डंगोलको युरोप भ्रमण स्थगनपछि बालेन शाहले रणनीति फेरेको दाबी

काठमाडौं । आफ्नो ब्राजिल भ्रमणको अघिल्लो दिन कांग्रेस र एमालेका वडाध्यक्षलाई गाली गरेर नगर कार्यपालिका बैठक स्थगित गरेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले शुक्रवार पनि फेसबुकबाटै ती दुई दलका प्रतिनिधिलाई आरोपित गरेर नगरसभा स्थगनको सूचना दिए । यो संयोग मात्र हो वा नियोजित ? उपमेयर सुनिता डंगोलले आफ्नो पूर्व निर्धारित युरोप भ्रमण स्थगन गरेर नगरसभामा […]

तीन घण्टा कुराएर बालेन आएनन्, फेसबुकबाटै नगरसभा बैठक स्थगित

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए ।