काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताउनुभएको हो । उहाँले लामो समयको अध्ययनपछि निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सर्वाेच्चद्वारा निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनू भनेर निर्णय भएछ । धेरै लामो समयस...