ललितपुरमा आजदेखि बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप

ललितपुरमा आजदेखि काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । खाेप केन्द्र कहाँ-कहाँललितपुर महानगरपालिकासुमेरु अस्पतालसर्वाङ्ग अस्पतालअल्का अस्पतालस्टार अस्पतालनिदान अस्पतालबिएन्डबी अस्पतालमेडिसिटी अस्पताल