गरीब जनता मूल्यवृद्धिको मार परे, मूल्यवृद्धि अध्ययन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण होस् : काँग्रेस सचेतक भुसाल

जेठ २०, काठमाडौं।  सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन । सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण नेपाली जनता पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै  त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने उनले बताईन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन । आयातित बस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले यस दिशामा आफूलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ  । ‘मूल्यवृद्धिबारे म नेपालका सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । सबभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु–हिजो १० रुपैयाँ टयाक्स घटाएको जुन निर्णय भएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको छु ।  यो घटाउने क्रमलाई निरन्तरता दिइयोस भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, अन्तराष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महंगीको मारमा नेपाली जनता परेका हुन । गरिव जनताले यसको मार व्यहोर्नुपर्ने भएकाले यसमा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण हुनुपर्दछ,’ उनले भनिन । ‘हामीले नेपाल सरकारलाई पटकपटक भनिराखेका छौ कि–आयातित बस्तुहरुले नेपालमा महंगी बढने भएकाले यस्ता कुराहरुलाई नियन्त्रण गर्न सौंर्य ऊर्जा, बायो ग्यासलगायतका उर्जाहरुको उत्पादन गर्न सक्ने ८४ हजार मेघावाट विद्युत उत्पादन गर्न सक्ने हामीसँग क्षमता छ । नेपाल सरकारले ऊर्जा उत्पादनमा बढिभन्दा बढि ध्यान दिएर औद्योगिकीकरणतिर गएर पेट्रोलियम पदार्थका आयात प्रतिस्थापन गर्नेतिर नेपाल सरकारको ध्यान जानुपर्दछ । र, मन्त्रीपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मूल्यवृद्धि अध्ययन समिति जुन बनाएको छ । त्यसको प्रतिवेदन छिटोभन्दा छिटो सार्वजनिक गरेर यसको नियन्त्रणमा गर्न ढिलाई नगर्न म सरकारसँग माग गर्दछु ।’ सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत समेत गराईन ।  

सम्बन्धित सामग्री

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैन : अध्यक्ष नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताउनुभएको हो । उहाँले दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो । मूल्यवृद्धि हुनुपर्ने कुनै […]

इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका-१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन् । स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो । […]

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ : सांसद ज्ञवाली

काठमाडौँ,५ साउन । सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामाग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । “गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिन सुपथ मूल्यका […]

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सत्ता गठबन्धनको निर्देशन

काठमाडौँ । सत्ता गठबन्धनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र […]

बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको […]

मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन राप्रपा नेपालको माग

काठमाडौँ– राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए ।  उनका अनुसार सोही बैठकले समयमै किसानलाई मलखाद उपलब्ध […]

मूल्यवृद्धि नियन्त्रण गर्ने सूत्र

नाफा कमाउने उद्देश्यले सञ्चालन गरिएका व्यापार–व्यवसायहरूले आफ्नो फाइदाका लागि जथाभावी मूल्यवृद्धि गर्न थालेको अवस्थामा यसलाई सरकारी संयन्त्रले अनुगमन र नियन्त्रण गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मूल्यवृद्धिदर ७.११ प्रतिशतले उकालो लागेको जनाएको छ । यो वृद्धिदर हाम्रो सन्दर्भमा ६ वर्षयताकै उच्च हो । जब कि […]

मूल्यवृद्धि नियन्त्रण बाहिर, उपभोक्ता समस्यामा

कोरोना भाइरसका कारण सामान आयात प्रभावित भएको भन्दै व्यापारीले दैनिक उपभोग्य बस्तुमा भारी मूल्यवृद्धि गरेका छन् । व्यापारीले चामल, चिनी, तेल, दालजस्ता खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुमा आफुखुसी पसलै पिच्छे मनपरि मूल्यवृद्धि गर्दा उपभोक्ता मर्कामा परेका छन् ।कोरोनाको मौका छोपी गाईघाट बजारमा दैनिक उपभोग्यसँंगै अन्य विभिन्न वस्तुको मूल्य नियन्त्रण बाहिर छ । कतिपय व्यापारीले […]