दोस्रो चरणमा जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै दोर्दी खोला जलविद्युत्

जेठ १७, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू. १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिएको हो । आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रू. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी २० लाख १९ हजार ८३९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटो अवधि जेठ ३१ गतेसम्म तोकिएको यो आईपीओ सो अवधिभित्र विक्री नभएमा भने ढिलो अवधि असार ९ गतेसम्म विक्रीमा रहनेछ ।  आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाईे दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन पाउने व्यवस्था छ । साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।  आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

सम्बन्धित सामग्री

१० मंसिरदेखि आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

बुद्धभूमि नेपाल हाइड्रोले आईपीओ निष्कासन गर्दै, ११ असोजदेखि आवेदन दिन सकिने

बुद्धभूमि नेपाल हाइड्रोपावरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ११ असोजदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै

साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]