किसानलाई कहिले सिँचाइको पिरलो, कहिले मलको

असारमा मल बिना नै रोपाइँ गरेका कावासोती–१७ की मुना न्यौपानेले धान गोडेर सकिँदासम्म पनि रासायानिक मल पाइनन् । रोपाइँको समय घर्किन लागिसक्दा पनि मल नपाएपछि जसोतसो प्रांगारिक मल छरेर रोपाइँ गरेकी उनी गोडेपछि पनि रासायानिक मल नपाएपछि उत्पादन घट्ने पिरलोमा छिन् ।