पूर्वफिफा रेफ्री लब खत्रीको निधन

पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार ५० वर्षको उमेरमा सोमबार खत्रीको निधन भएको हो । आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । जहाँ, उनलाई मृत घोषणा गरियो । २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए । उनी रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय थिए । उनका एक छोरा र श्रीमती छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ ।