राष्ट्रियताको सवालमा याे गठबन्धनले अपराध नै गरेको छ : शाक्य

गाेरखा – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रियताको सवालमा पाँच दलीय गठबन्धनले अपराध नै गरेको आरोप लगाउनुभएको छ । गठबन्धनकै कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको पनि उहाँले बताउनुभयो ।  नेकपा एमाले जिल्ला कमिटी गोरखाले आज आइतवार जिल्ला सदरमुकाममा गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘छिमेकी देश चीन शक्तिशाली हुँदै गएकोमा अमेरिकालाई टाउको दुखेको बेला एमसीसीका नाममा अमेरिकालाई चीनविरुद्ध खेल्न आमन्त्रण गरिएको छ ।’ प्रशिक्षण कार्यक्रममा वर्तमान ...