प्रदेश १, बागमती र लुम्बिनीमा सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको सहमति

काठमाडौं । विपक्षी गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेका छन्। तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज साँझ बसेको बैठकमा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।