बर्दियाका अधिकांश स्थानीय तहमा कोभिड अस्पताल‚ तयारी अवस्थामा एम्बुलेन्स

बर्दिया : कोरोना संक्रमण दर तीव्र फैलिँदै गएपछि बर्दियाका स्थानीय सरकार महामारीे रोकथाम तथा नियन्त्रणमा जुटेका छन्। आठवटा स्थानीय तहले संक्रमण समुदाय स्तरमा फैलन नदिन विभिन्न योजना बनाएर काम गरिरहेका छन्।संक्रमितलाई छिटो अस्पताल पु¥याउने, गम्भीर प्रकृतिका बिरामीलाई बाँकेसँग समन्वय गरेर शय्या मिलाउने लगायतका कामसँगै अस्थायी कोभिड अस्पताल पनि गरिरहेका छन्।ठाकुरबाबा नगरपालिकाले संक्रमितलाई अस्पतालसम्म लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। यस्तै‚ एम्बुलेन्स अभाव भए उपप्रमुख कृष्