३१ वर्षपछि विरोध खतिवडाको लज्जास्पद हार

हेटौंडा : आफूले स्थापित गरेको घरमा आफैले सिकाएको मान्छेसँग पराजित हुँदा कस्तो अनुभव हुन्छ ? यो कुरा अहिले विरोध खतिवडाले अनुभव गरिरहेका होलान्।मकवानपुरमा नेकपा एमालेलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका खतिवडा एमालेमा आफैँले राजनीति सिकाएका व्यक्तिसँग पराजित भएका छन्। पाँचौं जितका लागि चुनावी मैदानमा होमिएका नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडालाई उनकै चेला महेश बर्तौलाले पराजित गरेका हुन्।हुनत राजनीतिमा जे पनि सम्भव छ तर मकवानपुरमा आफैले सांगठनिक गरेको एमाले र आफ्नै चेला