उसको नाम सेते हो, उसकी आमाले बोलाउने । उसको नाम कान्छा हो, उसका बाले बोलाउने । उसको नाम गोरे हो, उसका काकाले बोलाउने । उसको नाम गोकर्ने हो, उसका सहपाठीले बोलाउने । उसको नाम राजेन्द्र हो, हाजिरी मास्टरले बोलाउने । उसको नाम गगन हो, उसका सहयोद्धाहरूले बोलाउने ।