एकादेशको कथा होइन, ओनसेन

ओनसेन एकादेशको कथा होइन । यो जापानको वास्तविक कथा हो । बडो उदेकलाग्दो र रहस्यमय छ यो । मनमनै दबाएर राख्नुपर्ने तर यथार्थ । तातो पानीको कुण्ड पनि ओनसेन र यसभित्र सर्वाङ्गै पस्ने पनि ओनसेन ।ओनसेन जापानीहरूको आन, मान र शान हो। विश्वभर नै प्रशिद्दि पाएको ओनसेनमा पहिलोपल्ट छिर्दा चकित परियो। सर्वाङ्गै ! के बच्चा […]

सम्बन्धित सामग्री

देक्काइदो ओनसेन : जापानी व्यञ्जन, नेपाली आतिथ्य

काठमाडौं । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । खानाका पारखीहरुलाई थाहा छ, यी जापानी व्यञ्जन हुन् । खानपानको समृद्ध र विशिष्ट स्वाद बोकेर जापानी परिकारले विश्व परिक्रमा गरिसकेका छन् । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ । त्यसैमध्येको एक हो, देक्काइदो ओनसेस । काठमाडौंको बुढानीलकण्ठमा हालसालै जापानी स्वादको रिसोर्ट सञ्चालनमा आएको छ । […]

बूढानीलकण्ठमा देक्काइदो ओनसेन रिसोर्ट सञ्चालनमा

काठमाडौं (अस) । काठमाडौंको बूढानीलकण्ठमा देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) सञ्चालनमा आएको छ । होक्काइदो नेपाल बिजनेस गू्रप (एचएनबीजी)ले बूढानीलकण्ठ स्कुलको उत्तरपश्चिममा उक्त रिसोर्ट सञ्चालनमा ल्याएको हो । करीब ४ वर्षअघि स्थापना भएको एचएनबीजीले नेपाल र जापानको मौलिक संस्कृतिको मिश्रणमा सेवा उपलब्ध गराउने दाबी गरेको छ । ८ रोपनी क्षेत्रफल जमीनमा फैलिएको उक्त रिसोर्टमा जापानी र टिपिकल नेपाली परिकार तथा आतिथ्य सेवा प्रदान गरिने बताइएको छ । करीब ४ करोड रुपैयाँ लगानी गरिने उक्त रिसोर्टको ३० प्रतिशत काम सम्पन्न भएसँगै शुक्रवारदेखि औपचारिक रूपमा सेवा शुरू गरिएको सञ्चालक अर्जुन अधिकारीले बताए । जापानमा गरेको कार्यानुभव र सामाजिक संस्कारको अनुभूति आदानप्रदान गर्नु देक्काइदो रिसोर्टको उद्देश्य रहेको उनले बताए । नेपाल जापानबीचको सम्बन्ध अझ बढी मजबूत र प्रगाढ बनाउन उद्योग तथा व्यापारिक रूपमा सञ्चालित एचएनबीजीले निजीक्षेत्रको कर्पोरेट संस्कृतिको विकास गर्दै रोजगारीमा निरन्तर वृद्धि गर्ने लक्ष्य राखेको अधिकारीको भनाइ थियो ।

जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

काठमाडौं, १४ जेठ : काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि साँच्चै शान्त, एकान्त र हरियालीको […]