ईमर्जिङ नेपालको आईपिओ आज बाँडफाँड हुदै, ८ जनाले ११ कित्ता शेयर पाउने

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गर्न लागेको हो। क्यापिटलका अनुसार आज दिउँसो ३:३० बजे बिजुलीबजार स्थित कार्निभल रेस्ट्रो एण्ड मिटिङ्गसमा शेयर बाँडफाँड हुने छ । यस आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्मको तथ्यांक अनुसार २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको छ । यो भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ । जस अनुसार ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाउने छन् भने ति मध्येबाट ८ जनाले थप १ कित्ता गरि कुल ११ कित्ता शेयर पाउने छन्।

सम्बन्धित सामग्री

सुपर माई हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, पुस १३ । सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि योजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित […]

इस्टर्न हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक २ ।  इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज कार्तिक २ गते अन्तिम दिन रहेको छ ।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको हो। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर […]

सान्जेन जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]

अपर सोलु हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं, असार ३० । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे क्यापिटलको कार्यालय मै शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर […]

आदर्श लघुवित्तको आईपिओ आज बाँडफाँड हुदै, ५ जनालाई ११ कित्ता शेयर

आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज सोमबार बिहान बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागेको हो ।कम्पनीको आईपिओमा माग भन्दा ३२१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिनसम्मको प्रारम्भिक विवरण अनुसार कम्पनीको आईपिओमा  १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकबाट २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३२१.६८ गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथा बाट बाँडफाँड हुने छ ।  जसबाट ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाउने छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन्।  यस हिसाबमा आवेदन दिएका मध्ये १७ लाख बढी आवेदन हात खाली हुने छन् ।  कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो  ।   हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  ।  नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

दोर्दीखोलाको आईपिओ बाँडफाँडः ९ जनाले पाए ११ कित्ता , ८८२ जनाको आवेदन रद्द

काठमाडौं, असार ८ । दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गरेको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज मंगलबारदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । आईपिओमा आवेदन […]

अपर हेवाखोलाको आईपिओ आजदेखि

काठमाडौं, जेठ १० । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको हो । यस आईपिओमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा […]

बुद्धभुमि नेपाल हाइड्रोपावरले ७ लाख कित्ता आईपीओ जारी गर्दै

काठमाडौं, ३ असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपिओ जारी गर्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको हो । कुल कित्ता मध्ये १६ हजार कित्ता कर्मचारी, ४० हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन […]

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, १२ साउन । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस […]