काठमाडाैं । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । […]