पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको छ ।काठमाडौ उपत्यकाका यात्रुलाई एअरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यम