अब राहदानी संग्रहालय बनाइने, पुराना राहदानीको खोजी गरिँदै

काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले‘राहदानी संग्रहालय’ स्थापना गर्ने भएको छ। विभागले संग्रहालयमा राख्न पुराना तथा ऐतिहासिक राहदानीहरु एवम् राहदानी सम्बन्धी दस्तावेज, लेख र रचनाहरु संकलन गर्ने कार्य सुरु गरेको छ। विभागले इच्छुक सर्वसाधरणलाई आफू वा आफ्नो घर परिवारसँग रहेको संग्रहणीय राहदानी, विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात उपलब्ध गराउन समेत अनुरोध गरेको छ।

सम्बन्धित सामग्री

संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

राहदानी विभागमा रहेको ‘राहदानी संग्रहालय’ मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।...

इतिहास झल्काउने राहदानी संग्रहालयमा हातले लेखेकादेखि एमआरपीसम्म

काठमाडौं :  नेपालबाट राहदानी जारी हुन थालेको लामो समयपछि सरकारले राहदानी संग्रहालय स्थापना गर्ने भएको छ। हालसम्म जारी भएका राहदानीको अभिलेख राख्न सरकारले राहदानी संग्रहालय स्थापना गर्न लागेको हो। राहदानी विभागले गएको ८ असारमा नीतिगत निर्णय गरी संग्रहालय स्थापना अघि बढाएको हो। तर, संग्रहालय सर्वसाधारणले तत्कालै भ्रमण गर्न सक्ने गरी तयार भइसकेको छैन।तीव्रताका साथ संग्रहालय निर्माण भइरहेको जानकारी विभागका महानिर्देशक डोरनाथ अर्यालले दिए। राहदानीसँग जोडिएका इतिहास संरक्

राहदानी संग्रहालय स्थापना हुँदै, ऐतिहासिक राहदानी उपलब्ध गराउन आग्रह

१४ साउन, काठमाडौं । राहदानी संग्रहालय स्थापनाका लागि पुराना र ऐतिहासिक राहदानी संकलनको काम शुरु गरिएको छ । राहदानी विभागले आफ्नो घर परिवारमा रहेका संग्रहणीय राहदानी वा विदेश यात्रा गर्नका लागि जारी गरिएका कागजात उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । यसरी प्राप्त सामग्रीहरु उपलब्ध गराउने व्यक्ति वा संस्थाको सहमतिमा नाम ठेगाना समेत उल्लेख गरी […]