काठमाण्डाै – अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा सडकमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा तनाव भएको छ ।
प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
यस्तै मीन भवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।
माओवादी केन्द्र, नेकपा एकीकृत...