सर्लाही क्षेत्र नं. ३ मा उप्रेती र साहबीच टक्कर

सर्लाही : सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धन दलका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा देखिएको हो।साह र उप्रेती दुवै संविधानसभाका सदस्य हुन्। साह २०७० को दोस्रो संविधानसभा चुनावमा तराई मधेस सद्‌भावना पार्टी (तमसपा)को समानुपातिक तर्फका संविधानसभा सदस्य हुन् भने उप्रेती नेकपा एमाले सर्लाही ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सं