बागमती नदीमा पक्की पुल

बागमती । बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने  सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ । विसं २०६८ असार २९ गतेदेखि शुरू भएको सो पुल ११ वर्षपछि निर्माण भए सँगै सवारीसाधन आवागमन शुरू भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ । ११ ओटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौंडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा  देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ । मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कुल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । रासस

सम्बन्धित सामग्री

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । …

गाईघाट खोलामा पक्की पुल नहुँदा सास्ती

पाल्पा– पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो […]

मराङखोलामा पक्की पुल निर्माण

बेनी – म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरी मराङखोलामा पक्की पुल निर्माण भएको छ। सात मिटर चौडाइ र २५ मिटर लामो पक्की पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते […]

भेरी करिडोरमा एकैपटक तीन पक्की पुल बन्दै

जाजरकोट–डोल्पा सडक खण्डमा एकैपटक तीनवटा पक्की पुल बन्ने भएका छन् । सडक विभागअन्तर्गतको पुल महाशाखाको ३६ करोड २४ लाख ८६ हजार सातसय लागतमा तीनवटा पक्की पुल बन्ने भएको हो । सडक...

कञ्चनपुरको चौधर नदीमा पक्की पुल बन्ने

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–५ ईमलियास्थित चौधर नदीमा पक्की पुल बन्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चौधर नदीमा पक्की पुल बनाउने भएपछि स्थानीयबासी खुसी भएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रसँगै जोडिएको ईमलिया...

सडक नै नभएको ठाउँमा पाँच करोडको पक्की पुल

१६ साउन, गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो । गण्डकी प्रदेशका पूर्व […]

सरस्वती खोलामा पक्की पुल बन्ने

सदरमुकाम त्रियुगा नगरपालिका ८ को उत्तराइटोलस्थित सरस्वती खोलामा पक्की पुल बन्ने भएको छ।

महाकाली नदीमा अर्को पक्की पुल बन्ने

महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा २ देशको आवागमनलाई सहज बनाउन गड्डाचौकीमा १ मात्र पक्की पुल रहेको छ । सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि महाकाली नदीमा अर्काे पुल निर्माण हुने भएको हो । महाकाली नदीमा भारतसँग जोड्ने यो दोस्रो पक्की पुल हुनेछ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...

महाकालीमा अर्को पक्की पुल बन्ने

काठमाडौं, पुस २३। महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ । सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि […]

अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै उनले  भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवासीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त