फेरि सुरु भयो मलको हाहाकार : कृषि मन्त्रालय भन्छ- अभाव छैन, किसानको प्रश्न- कहाँ छ मल ?

कोरोना भाइरसका कारण सम्बन्धित बिक्री केन्द्र र वितरण गर्ने संस्थामा मल नपुगेको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए

सम्बन्धित सामग्री

रोपाइँसम्ममा मल आउँछ

देशभरि रासायनिक मलको हाहाकार छ । किसानले चैते धान र मकैका लागि मल पाएका छैनन् । मलका लागि दिनहुँजसो बिक्री केन्द्रमा धाउँछन् तर किसानले खाली हात फर्किनुपरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले पनि अहिले मलको हाहाकार रहेको स्वीकार गर्नुभयो तर यो समस्या चाँडै समाधान हुने दाबी पनि गर्नुभयो । वर्षे धानका लागि मलको अभाव नहुने उहाँले बताउनुभयो । वर्षे धान रोपाइँका बेला अभाव नहोस् भनेर कृषि मन्त्रालय मलको जोहोमा लागिसकेको र यही महिनाभित्र व्यवस्था हुने उहाँले बताउनुभयो ।