घरजग्गा कारोबार गर्न सरकारसँग स्पष्ट नीति छैन: इच्छाबहादुर वाग्ले

घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताएका छन्।

सम्बन्धित सामग्री

घरजग्गा विक्रीमा मन्दी

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले घरजग्गा व्यवसाय पनि प्रभावित बनेको छ । कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले बैंकिङ क्षेत्रमा तरलता सहज नभएकाले घरजग्गा कारोबार विगत ३/४ महीनादेखि नै सुस्त भएको बताए । उपत्यकामा पछिल्लो २ महीनामा घरजग्गाको कारोबार ४० देखि ५० प्रतिशतसम्म घटिसकेको छ । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीले भने केही कार्यालयको गलत तथ्याङ्क देखाएको पाइएको छ । कलंकी मालपोत कार्यालयले मङ्सिरमा ५६ र पुसमा ५१ करोड रुपैयाँभन्दा बढी रजिस्ट्रेशन दस्तुर मात्रै संकलन गरेको छ । तर, मालपोतको तथ्याङ्कमा भने मङ्सिर र पुस दुवै महीनामा ३०/३५ करोड रुपैयाँभन्दा बढी रजिस्ट्रेशन दस्तुर संकलन नभएको कार्यालय प्रमुख सुवेदीले बताए । भूसेवा केन्द्रले कुनै कारोबार गर्ने भनेर विभागको अनलाइन प्रणालीमा इन्ट्री गरेपछि कारोबार नभए पनि प्रणालीमा कारोबार संख्या र राजस्व देखाउँछ । त्यसैले विभागको तथ्याङ्कभन्दा कारोबार संख्या र राजस्व कम संकलन भएको देखिन्छ । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले २० वर्षको व्यावसायिक यात्रामा २ पटक मात्रै यस्तो मन्दी देखेको बताउँछन् । ‘अर्थतन्त्रका सूचकहरू सबै नकारात्मक भएको बेलामा घरजग्गा व्यवसाय पनि सुस्ताएको छ,’ वाग्लेले भने, ‘अर्थतन्त्रका अरू सूचकहरूमा सुधार नआएसम्म घरजग्गा व्यवसायमा पनि सुधार आउने सम्भावना छैन । बरु यस्तो अवस्था लम्बिँदै गएमा धेरै व्यवसायी समस्यामा पर्न सक्छन् ।’ अहिले समस्यामा परेका केही व्यक्तिले सस्तोमा जग्गा बेचे पनि जग्गाको मूल्य नै घटिसकेको अवस्था भने नरहेको उनको दाबी छ । कसैलाई अति नै समस्या परेको बेला हिजो पनि सस्तोमा जग्गा बेच्थे, भोलि पनि सस्तोमा जग्गा बेच्छन् । तर, २/४ जनाले सस्तोमा जग्गा बेच्यो भन्दैमा समग्र घरजग्गाको मूल्य घट्यो भन्न नमिल्ने उनको भनाइ छ ।