काठमाडौं, २ कार्तिक । विवेकशील साझा पार्टीले आफ्नो पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको जनाएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको हो । एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत […]