तस्वीर : कञ्चनपुर भन्सारमा लिलाम हुन नसकेका मोटरसाइकल

लिलाम हुन नसकेपछि कञ्चनपुर भन्सार कार्यालयमा झन्डै दुई वर्षदेखि थन्क्याएर राखिएका ३०० थानभन्दा बढी मोटरसाइकल । लिलाम प्रक्रियाका लागि कानून प्रक्रिया झन्झटिलो भएकाले समयमा सवारीसाधन लिलाम हुन नसक्दा बजार मूल्य अनुरुप पनि राजस्व उठ्ती हुने गरेको छैन । तस्वीर : रासस