देशमा राजसंस्थाको अन्त्य गर्नु गलत बाटोः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अन्त्य गर्नु गलत बाटो भएको बताउनुभएको छ । दमौलीमा शुक्रबार आयोजना गरिएको पार्टीको झण्डोतोलन तथा चुनाव चिन्ह अनावरण समारोहलाई सम्बोधन गर्दै थापाले सो कुरा बताउनुभएको हो । देशको भूगोल तथा माटो अनुसार व्यवस्था हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले सङ्घीता तथा धर्म निरपेक्षता विकसित देशमा सफल भयो भनेर नेपालमा भित्राउन नहुने बताउनुभयो । नेपाल विशाल देशहरु भारत र चीनको बीचमा रहेको र राजसस्था भएकोले देश स्वाधिन बन्न सकेको थापाको दाबी थियो । राजसंस्थाको अन्त्य भएसँगै देशको राष्ट्रियता, स्वाभिमान र एकता माथि सङ्कटको कालो बादल मडारिएको बताउनुभयो । ‘पार्टीभन्दा माथि उठेर राजसस्थाले सबैलाई एकताबद्ध गर्न मद्दत पु¥याएको थियो राजसंस्थाको अन्त्य गरिनु नै गलत बाटो भयो’ अध्यक्ष थापाले भन्नुभयो ।