पोखरा । तनहुँ १ मा नेकपा एमालेका तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा पुगेका छन् । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ र गत मंसिरमा पराजित भएका एकबहादुर रानासहित खनाल निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।