कांग्रेस प्रदेश २ अधिवेशन : ५ जना सदस्य निर्विरोध

कांग्रेसको प्रदेश २ अधिवेशनमा ५ जना उम्मेदवार निर्विरोध चयन भएका छन् । ७२ मध्ये ५ जना उम्मेदवार निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् ।