विद्राेहीसँगकाे भिडन्तमा चाडका राष्ट्रपतिकाे ज्यान गयाे

काठमाण्डाै – विद्रोहीसँगकाे भिडन्तमा झडपमा घाइते हुनुभएका अफ्रिकी देश चाडका राष्ट्रपति इद्रिस डेबीको ज्यान गएको छ । भिडन्तकै क्रममा रहेको सेनालाई हौसला दिन हिजो लिवियासँगको  उत्तरी सीमा क्षेत्रमा पुगेका राष्ट्रपती डेबी विद्रोहीको गोली लागेर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आज ज्यान गएको बीबीसीले जनाएको छ । सेनाका प्रवक्ता आजम बर्मान्डोआले देशका सर्वोच्च कमान्डर डेबीले देशको सार्वभौमसत्ता रक्षाको सिलसिलामा अमरत्व प्राप्त गरेको जानकारी दिएको खबरमा उल्लेख छ । डेबीका छोरा जनरल महमत काकालाई १८ ...