भटमास तेलले बढायो निर्यात

काठमाडौं । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू. ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू. १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम ते