काठमाडौँ, १० मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।
रूपन्देही, १० मङ्सिर । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ । विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर ३ गते पोखरा–२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल आइपुगेको हो । मनोक्रान्ति अभियानका नेता तथा आध्यात्मिक गुरु […]
Nepal’s outstanding public debt fell by around Rs 43 billion between the end of the last fiscal year and the end of Kartik (November 16) in the current fiscal
चितवन– एकसिङ्गे गैँडा, पाटेबाघ, चित्तल, गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानका रूपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य हो । तर चितवनको वन्यजन्तु पर्यटन राष्ट्रिय निकुञ्जमा मात्रै सीमित छैन । निकुञ्जको मुख्य क्षेत्रबाहिर रहेका सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनले पनि चितवनको पर्यटनलाई थप विविधता दिएका छन् । यस्ता वनक्षेत्रले वन्यजन्तु […]
म्याग्दी, १० मङ्सिर । चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष) प्रस्तुति दिएको छ । गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका थिए । साँझ ६ः०० देखि रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका अमृतलाई दर्शकले हुटिङसहित स्वागत गरे । ‘आगनैभरि’ […]