एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ। केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् । The post एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य …

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु

चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल […] The post एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : नेतृत्व छान्न मतदान सुरु

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न अहिले मतदान भइरहेको छ । सोमवार राति केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि अहिले मतदान भइरहेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु...

एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् । केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गराउन उम्मेदवारी फिर्ता गराउने प्रयास गर्दा अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको थियो । निर्विरोध नभए...

एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि सुरु हुने

भरतपुर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै सुरु हुनेभएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिकाअनुसार दिउँसो ३ बजेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली ईभीएममा […]

एमाले महाधिवेशन : २ बजेबाट मतदान

काठमाडौँ– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौँ फर्किने जानकारी दिएका छन् । यसअघि ९ बजे रातिबाट मतदान सुरु हुने भनिए […]

एमाले महाधिवेशन : मतदानको समय सरेको सर्यै

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा मतदानको समय फेरि सरेको छ । निर्वाचनको कार्यतालिका हेरफेर गर्दै मतदानको समय राति २ बजे पुर्याइएको हो । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी नै छ ।उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएकै कारण मतदानको समय पनि पर धकेलिएको बताइएको । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको छ । यसलाई राति ११ बजेसम्

एमाले महाधिवेशन : मतदान ढिलो सुरु हुने सम्भावना

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदानमा ढिला हुन सक्ने केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले जनाएका छन् ।उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदानको समय पनि पर धकेलिन सक्ने जनाइएको हो । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको छ ।केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी न

एमाले महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम