साउनको सोमबार : शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् ।व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।