यो वर्ष पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धि, अर्थतन्त्रको आकार साढे ४८ खर्ब रुपैयाँ

काठमाण्डाै - केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५ दशमलव आठ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले आज पत्रकार सम्मेलन गरेर चालुु आर्थिक वर्षको पहिलो नौ महिनाकाे तथ्याङ्क विश्लेषणका आधारमा पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो । अर्थ मन्त्रालयले यो वर्ष सात प्रतिशत वृद्धिदरको लक्ष्य राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ३ प्रतिशत, उद्योगको...