विराटनगरविरुद्ध ललितपुरको फराकिलो जीत, अन्तिम चारको स्थान पक्का

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटी एफसीलाई ४-० ले पराजित गर्दै ललितपुर सिटी एफसीले अन्तिम चारमा स्थान पक्का गरेको छ। फराकिलो जित निकाल्ने क्रममा ललितपुरका अन्जन बिष्टले २, बिमल राना र नुर्लान जाहिदले १/१ गोल गरे। जितसँगै ६ खेलमा ९ अंक जोडेको ललितपुर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ।