काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छन्।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भए पछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका थिए।राजीनामा स्वीकृत भएसँगै रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।