लुम्बिनीका प्रदेश प्रमुख शेरचनले सम्हाले कार्यभार

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन् ।  उनलाई प्रदेश प्रमुखको कार्यालयमा कर्मचारीहरूले स्वागत गरेका थिए । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।  सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।  नेकपा माओवादी केन्द्रको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए ।  तत्कालीन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।&n...