मतदान स्थलमा प्रहरीले चलायो ३ राउन्ड गोली

सिरहा । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे छ । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएकाे हाे । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । […]

सम्बन्धित सामग्री

दोलखाको जफेमा रोकिएको मतदान सुचारु

दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ । जफेमा मतदान शुरु भएको बागमती प्रदेशकी डीआईजी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप हुँदा सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

दोलखामा गोली चल्यो, प्रहरीमाथि ढुङ्गा प्रहार, एक प्रहरी घाईते

मतदानका क्रममा दोलखाको एउटा मतदान केन्द्रमा गोली चलेको छ। तामाकोशी गाउँपलिकास्थित कालापानी मावि मतदानस्थलमा गोली चलेको हो। मतदानका क्रममा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ...

गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट। सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति […]

उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, एक जनाको मृत्यु

वैशाख ३०, उदयपुर । शुक्रवार बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।             उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो । दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।             प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको बताए । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ । घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अन्यत्र लाने तयारीसमेत भइरहेको प्रजिअ यादवले बताए । घटनाका बारेमा अझै सबै कुरा आइनसकेका कारण आफूहरुले पनि अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताए। घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको पनि प्रजिअ यादवले बताए । रासस

भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मतदान गर्न खोजेपछि डडेल्धुरामा तनाव

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका २ स्थित सहस्त्रलिंग माविमा रहेको मतदान केन्द्रमा विवाद भएको छ। भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मत दिन खोजेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  विवादबाट उत्तेजित भिडले मतपेटीमा असर गर्ने कार्य गर्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। भिडलाई तितरबितर गर्न प्रहरीले ३ राउन्ड गोली चलाएको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले बताए। हवाइ फायरपछि त्यहाँको माहोल शान्त भएको उनले बताए।

रामेछापमा १५ राउन्ड हवाई फायर, तीन ठाउँमा मतदान स्थगित (भिडिओ)

काठमाडौं । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । सुनापती – २ मा एक राउन्ड, खाँडादेवी- १ मा ६ राउन्ड, मन्थली- १२ मा ३ राउन्ड र मन्थली- ९ मा ५ राउन्ड हवाई फायर भएको रामेछाप प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिए । गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान केन्द्रमा […]

सर्लाहीको धनकौलमा गोली चल्यो, अहिलेसम्म सुरु भएन मतदान

जनकपुरधाम - सर्लाहीको धनकौलमा गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली प्रहार गरेका छन् । राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । धनकौल गाउँपालिका&ndash...

सर्लाहीको धनकौलमा गोली चल्यो, अहिलेसम्म सुरु भएन मतदान

जनकपुरधाम - सर्लाहीको धनकौलमा गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली प्रहार गरेका छन् । राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । धनकौल गाउँपालिका&ndash...

सर्लाहीको धनकौलमा गोली चल्यो, मतदान स्थगित

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही अश्रुसेल र छ राउन्ड हवाई फायर गरेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि दुवैतर्फका मतदान प्रतिनिधि तथा मतदाताहरु पनि फरार भएका छन्।...